काठमाडौं– इपिएस पास गरेकाहरुलाई प्राथमिकताका आधारमा कोरिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने माग राख्दै युवाहरुले ललितपुरको ग्वार्कोस्थीत इपिएस कोरिया शाखा अगाडी प्रदर्शन गरेका छन् ।
इपिएस पास गरेर लामो समय पर्खाइमा रहेकाहरुको फाइल अनिवार्य रुपमा १० पटकसम्म कम्पनीमा पठाउनुपर्ने र प्राथमिकतामा आधारमा अन्य प्रक्रिया अघि बढाउन माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । रोष्टरमा भएका ९५ प्रतिशतलाई कोरिया पठाउने व्यवस्था गर्नुपर्ने, पीडितसंग सम्वाद गरेर समस्या समाधान गर्नुपर्ने लगाएतका माग उनीहरुले राखेका छन् ।
एउटै व्यक्तिलाई बारम्वार अवसर दिने प्रणाली अन्त्य गरि पीडित–केन्द्रीत नीति लागू गर्न समेत उनीहरुले माग राखेका छन् । उनीहरुले आफ्ना मान्छेको फाइल ३० पटक भन्दा बढि कम्पनीमा पठाउदा आफुहरुलाई भने नियतवस वेवास्ता गरेको गुनासो गरेका छन् ।
साथै उनीहरुले इपिएस प्रक्रिया ढिलाई हुँदा पीडित परिवारले भोग्नुपरेको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने, रोष्टर मिति अनिवार्य गर्नुपर्ने समेत माग गरेका छन् ।





























































