काठमाडौं – काठमाडौंमा मक्र्योर काठमाडौं सफलतापूर्वक सञ्चालन गरेर नेपाली आतिथ्य क्षेत्रमा नयाँ आयाम थपेका उद्यमी देशबन्धु बस्नेत (अजित) ले पूर्वी नेपाललाई समेत अन्तर्राष्ट्रिय होटल सेवाको नक्सामा राख्ने तयारी पूरा गरेका छन्।
उनको नेतृत्वमा पूर्वी नेपालको तेजिलो विकासशील शहर इटहरीमा विश्वविख्यात अमेरिकी होटल चेन ब्राण्ड रमडा बाइ विन्डमुको सुरुवात हुन लागेको हो।
यसले पूर्वी नेपालको आर्थिक र पर्यटकीय परिदृश्यमा आमूल परिवर्तनको सन्देश प्रवाह गरेको छ। नेपालकै मुख्य व्यापारिक केन्द्रका रूपमा विकसित भइरहेको इटहरीमा यस्तो अन्तर्राष्ट्रिय स्तरको होटल आउनु क्षेत्रीय विकासको महत्वपूर्ण उपलब्धि मानिएको छ।
अबको एक महिनाभित्र पूर्ण क्षमतामा सञ्चालनमा आउन लागेको यस होटलले आधुनिकता र परम्परागत नेपाली आतिथ्यताको सुन्दर समन्वय प्रस्तुत गर्नेछ। होटलमा कुल ८१ वटा कोठा रहेका छन्, जसमध्ये ५७ डिलक्स सिंगल, १४ डिलक्स डबल, २ एक्जिक्युटिभ रुम, ६ जुनियर स्वीट र २ स्वीट रुम छन्।
रमडा बाइ विन्डम इटहरीले पूर्वी नेपालमा पहिलो पटक यस स्तरको विश्वमानको सेवा प्रदान गर्न लागेको हो। होटलमा टेरेस बार रहनेछ, जहाँ बसेर अतिथिहरूले सहरको मनमोहक दृश्यावलोकन गर्दै पेय पदार्थको आनन्द लिन सक्नेछन्। आल डे डाइनिङ रेस्टुरेन्टमा विविध खानाका परिकार उपलब्ध हुनेछन् भने आधुनिक कफी शपमा गुणस्तरीय कफी र स्न्याक्सको मजा लिन सकिनेछ।
कार्यक्रम र बैठकका लागि होटलमा दुई वटा भव्य ब्यांक्वेट हल छन्, जुन विवाह र ठूला समारोहका लागि उपयुक्त हुनेछन्। व्यावसायिक बैठक र सम्मेलनका लागि आधुनिक मिटिङ रुमहरू पनि उपलब्ध छन्। पूल बारमा स्वीमिङको साथै ताजगीपूर्ण पेय पदार्थको आनन्द लिन सकिनेछ भने अत्याधुनिक स्वीमिङ पूल, पूर्ण सुसज्जित जिम, स्टीम र साउना सुविधा पनि उपलब्ध हुनेछन्।
बस्नेतले करिब एक दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय रूपमा योगदान दिँदै आएका छन्। उनको दूरदर्शिता र प्रतिबद्धताको परिणाम स्वरूप पाँच तारे होटल ब्रान्ड मक्र्योर बाइ एकोरु २०२५ जनवरी १५ देखि काठमाडौँको सुकेधारामा सञ्चालनमा छ ।



























































