काठमाडौँ – नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेसहितका अन्य दलसंग सहकार्य गर्न आन्तरिक छलफल तीव्र बनाएको छ ।


ADVERTISEMENT


सोमबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी कार्यसम्पादन समितिमा राष्ट्रियसभा निर्वाचनमा अन्यदलसंग तालमेल गर्नेबारे छलफल भएको हो । तालमेलका बिषयमा एमालेसहित अन्य दलसंग छलफल गरेर कार्यसम्पादन समिति मंगलबार पुनः बस्ने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभा निर्वाचनमा अन्य दलसंग तालमेलका लागि पार्टीमा छलफल भएपनि प्रतिनिधिसभा निर्वाचनमा भने गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे छलफल नभएको उनले बताए ।

बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनमा तालमेलका लागि अन्य दलसंग भएको छलफलबा बारेमा जानकारी गराएका थिए ।