काठमाडौँ – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । लघुवित्तले सोमबार विभिन्न पदका लागि खुलातर्फ कर्मचारीको माग गरेको हो ।


ADVERTISEMENT


जसअनसार लघुवित्तले केही संख्यामा सहायक प्रबन्धक र वरिष्ठ अधिकृत माग गरेको छ । सहायक प्रबन्धकका लागि कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह पास गरी बैंक तथा वित्तीय संस्थामा काम गरेको वा ल फर्ममा कम्तिमा ४ वर्ष कार्य अनुभव भएको तथा अधिवक्ताको लाईसेन्स प्राप्त गरेको हुनुपर्नेछ ।


ADVERTISEMENT

# # #


यस्तै वरिष्ठ अधिकृतका लागि कानुन विषयमा कम्तिमा स्नातक पास गरी बैंक तथा वित्तीय संस्थामा काम गरेको वा ल फर्ममा कम्तिमा ३ वर्ष कार्य अनुभव भएको तथा अधिवक्ताको लाईसेन्स प्राप्त गरेको हुनुपर्ने छ ।

यस्तै व्यवस्थापन श्रेणीको हकमा २१ वर्ष पूरा भई ५८ वर्ष ननाघेका, अधिकृत श्रेणीको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ । तर महिला उम्मेदवारको हकमा अधिकृत श्रेणीमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुने जनाइएको छ ।

रितपूर्वक प्राप्त दरखास्तहरू मध्येबाट छनोट सूची (सर्ट लिस्ट) मा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार तथा निर्णय वित्तीय संस्थामा निहित रहनेछ । लघुवित्त वित्तीय संस्थाले कुनै कारण नजनाई केही वा सम्पूर्ण आवेदन अस्वीकृत गर्न सक्नेछ ।

छनोट भएका उम्मेदवारले लघुवित्तको बनेपास्थित कर्पोरेट कार्यालयको कानुन विभागमा काम गर्नुपर्ने छ । आवेदन दिनका लागि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको वेबसाईटबाट वा कार्यालयमा भौतिक रुपमा उपस्थित भई दिन सकिनेछ ।