काठमाडौँ – पछिल्लो समय बढ्दो सूचना प्रविधिको प्रयोग सँगै विभिन्न किसिमका वित्तीय अपराधहरुको प्रकृति समेत बढ्दै गइरहेको छ । यसले एकातिर ग्राहकलाई वित्तीय हानी मात्रै पुर्याइरहेको छैन, अनाहक न्यायको कठघरामा समेत उभ्याउन थालेको छ ।


ADVERTISEMENT


सूूचना प्रविधिको विकासले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)का नयाँ नयाँ स्वरुपमार्फत वित्तीय अपराध गर्ने र प्रविधिको जाल फालेर ग्राहक ठग्ने तरिका समेत बढिरहेका छन् । अन्जानमै गरिएको कतिपय साना कुराहरुले समेत ग्राहकको करोडौँ रकम समेत स्वाहा पारिदिन सक्छ ।


ADVERTISEMENT

# # #


यहीबीच पछिल्लो समय ‘मनी म्यूल’ वित्तीय अपराध नियन्त्रणका लागि टाउको दुखाईको विषय बनेको छ । यही समस्यालाई सर्वधारणमाझ पुर्याउन र वित्तीय साक्षरता कायम गर्न सिटिजन्स बैँकले एउटा सन्देशमूलक भिडियो ल्याएको छ ।

के हो मनी म्यूल ?

मनी म्यूल एक यस्तोअपराधिक पद्धति हो, जहाँ सामान्य व्यक्तिको बैँक खाता जानाजान वा अन्जानमा आपराधिक गिरोहले आफ्नो अवैध आर्जनलाई प्राप्त गर्ने पठाउने (शुद्धीकरण गर्ने कार्यका लागि उपयोग गरेको हुन्छ ।

वित्तीय अपराधीहरुले यसरी खातावालालाई थाहा दिएर वा नदिएर नै आफ्नो अवैध आर्जन लुकाउने र त्यसलाई वैध बनाउन प्रयोग गर्छन् ।

के छ सिटिजन्स बैँकको सन्देशमूलक भिडियोमा ?

सिटिजन्स बैँकले जारी गरेको सन्देशमूलक भिडियोमा एकाएक जीवनशैली र आर्थिक हैसियत बढाएका एउटा व्यक्तिले आफ्ना साथीहरुलाई आर्थिक प्रलोभन देखाउँदै मनी म्यूल बनाउन उनीहरुको बैँक खाताको विवरण संकलन गर्छन् ।

लगत्तै बैँक खाता नं. शेयर गर्नेको खातामा १ लाख पैसा आउँछ र उनी ५ हजार कटाएर बाँकी अर्को खातामा पठाउन भन्छन् । उक्त पैसा वित्तीय आपराधिक क्रियाकलापबाट प्राप्त भएको हुन्छ । यसरी दुवै व्यक्ति कानुनी दायरामा आउँछन् ।

भिडियोले कसैलाई पनि आफ्नो बैँक खाता लगायत व्यक्तिगत वित्तीय विवरण नगर्न, मनी म्यूल बन्नबाट बच्न र वित्तीय अपराध नियन्त्रणमा नागरिक सहभागितालाई बढाउन सन्देश दिन्छ ।

मनी म्यूल बनाउने माध्यम
– व्यक्तिगत भेटघाट
– भिडियो कल
– फोन कल
– म्यासेज, च्याट
– सामाजिक सञ्जाल पोस्ट
– इमेल
– फिसिङ लिंक आदि

मनी म्यूलबाट बच्न के गर्ने ?

व्यक्तिगत रुपमा वा अनलाईन माध्यमबाट विभिन्न प्रलोभन देखाएर खाताको दुरुपयोग गरी व्यक्तिलाई मनी म्यूल बनाउन सक्छन् । यस्ता कार्यबाट बच्न निम्न सावधानी अपनाउन सकिन्छ ।

– आफ्नो बैँक खाता, वालेट नं. लगायतका व्यक्तिगत विवरण अरुलाई नदिने
– बैँक खाताका पासपोर्ट, पिन नं. वा ओटीपी अरुलाई साझा नगर्ने,
– आफ्नो खातामा शंकास्पद कारोबार भएमा तत्काल सम्बन्धित बैँक वा निकायलाई जानकारी गर्ने,
– वित्तीय साक्षरता बढाउने आदि ।

हेर्नुस्, सिटिजन्स बैँकको भिडियो सन्देश: