काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी बैंशाखमा पार्टीको नियमित महाधिवेशन हुन नसक्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले फागुन २१ गतेको निर्वाचन र त्यसपछि हुने राजनीतिक गतिविधिका कारण आगामी बैंशाखमा पार्टीको नियमित महाधिवेशन गर्न नसकिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


२०८३ पौष मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्ने गरी तयारी गरिने उनले बताए । उनले विशेष महाधिवेशनपछि पार्टी एकजुट भएर निर्वाचनमा अघि बढेको दावी गर्दै दुरगामी सोचका साथ घोषणापत्र जारी हुने उल्लेख गरे ।

त्यस्तै घिमिरेले आगामी संसदीय दलले सर्वसम्मत रुपमा सभापति गगन थापालाई संसदीय दलको नेता चुन्ने र भावि प्रधानमन्त्री बन्ने दाबी गरे ।

महामन्त्री घिमिरेले राष्ट्रिय सभा निर्वाचनका लागि पहिले नै गठबन्धन भईसकेकाले त्यसले निरन्तरता पाउने बताए । उनले फागुन २१ गते हुन लागेको निर्वाचनमा कुनै दल संग गठबन्धन नगरिने, तर निर्वाचनपछिको परिणामका आधार गठबन्धन हुन सक्ने जानकारी दिए ।