काठमाडौं – सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको साधारण शेयरको प्रत्याभूति व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।
कम्पनीले सार्वजनिक निष्कासन गर्न लागिएको कुल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता साधारण शेयरका लागि प्रत्याभूति व्यवस्थापन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो।
सम्झौता पत्रमा सुपर हेवा पावर कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष हर्कबहादुर तामाङ र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरिएको छ।
सुपर हेवा पावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ४ क्षेत्रमा अवस्थित हेवा खोलाको पानी उपयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।



























































