काठमाडौं – गनकुमार थापा नेपाली कांग्रेसको सभापति बनेपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा गएका छन् । विशेष विशेष महाधिवेशनबाट सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् ।
पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी कार्यालयमै बस्दैछ । उक्त बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गर्दैछ ।
उनीसहित विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले पदबहाली गरेपछि केन्द्रीय कार्यसमितिको बैठक पनि राखिएको छ ।



























































