काठमाडौँ – नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर जाने औपचारिक निर्णय गरेको छ ।


ADVERTISEMENT


शुक्रबार पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो । पार्टी प्रांगणमा सम्बोधन गर्दै काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरे ।


ADVERTISEMENT

# # #


गत पुस २७–३० पुसमा काठमाडौँमा सम्पन्न काँग्रेसको विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए । तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले उक्त विशेष महाधिवेशनलाई अवैधानिक भन्दै तत्कालीन महामन्त्री रहेका थापा र शर्मालाई कारवाही गरेको थियो ।

तर, निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएसँगै उनी काँग्रेसको आधिकारिक सभापति बनेका थिए ।