काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। कारोबार हुने साताको चौथो दिन आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य सात हजार ३ सय रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ तथा चाँदीको मूल्य छ हजार ८ सय ७० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यति नै परिमाणको चाँदी १११ अमेरिकी डलरमा किनबेच भइरहेको छ।



























































