एजेन्सी – महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ। उनी ६६ वर्षका थिए। बुधबार बिहान ८ः४५ बजे बारामतीमा उनको विमान दुर्घटनाग्रस्त भएको थियो।


ADVERTISEMENT


भारत पुणेको बारामतिमा जहाज दुर्घटना भएको विमानमा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जना सवार रहेको खुलेको छ।


ADVERTISEMENT

# # #


भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा परी उनीहरू सबैको मृत्यु भएको पुष्टि भएको छ। पवार नेश्नलिस्ट कंग्रेस पार्टी (एनसिपी) का अध्यक्ष पनि हुन्।

हिन्दुस्तान टाइम्सका अनुसार अजित पवारसहित विमानमा उनका सुरक्षामा खटिएका २ सुरक्षाकर्मी र दुई जना पाइलट गरी ४ जना सवार थिए। ती सबैको मृत्यु भएको पुष्टि भएको भारतीय उड्डयन प्राधिकरणलाई उद्धृत गरेर त्यहाँका सञ्चारमाध्यमहरूले लेखेका छन्।

दुर्घटना भएपछि विमानमा आगलागी भएको थियो। घटनालगत्तै त्यहाँ उद्धारकर्मी परिचालन गरिएको छ। उद्धार क्रममा कोही पनि जीवित नभेटिएको भनेर भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। पवार आफ्नो गृहजिल्लामा आयोजना हुने चार वटा कार्यक्रममा सहभागी हुन बारामति जाँदै थिए।