काठमाडौं–भारतको विहार, मध्य प्रदेश र उत्तर प्रदेश आसपासमा विकास भएको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली)सहित बंगालको खाडीबाट फैलिएको जलवाष्पयुक्त वायुका कारण मुलुकभरको मौसम प्रभावित बनेको छ ।


ADVERTISEMENT


यससँगै उच्च वायुमण्डलमा पश्चिमी वायुको प्रभावसमेत परेकाले आइतबार साँझदेखि मुलुकभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार मुलुकका पूर्वी भेगमा यस्तो क्रममा अझै दोहोरिनेछ ।


ADVERTISEMENT

# # #


‘मध्य र पश्चिमी भेगका धेरै ठाउँको मौसम मंगलबार बिहानदेखि सुधार भए पनि अझै २ दिनसम्म पूर्वीभेगको मौसममा उतार चढाव आउने छ।’ उनले बताए । – आजको नेपाल समाचारपत्रबाट