काठमाडौं–यातायात व्यवस्था विभागले देशका ६ स्थानबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ । लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनुपर्ने बाध्यता हटाउन विभागले ६ स्थानबाट चालक सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने भएको हो ।


ADVERTISEMENT


सवारी चालक अनुमतिपत्र नवीकरण सहज बनाउने उद्देश्यका साथ यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट सो लाइसेन्स नवीकरणको काम शुरू भइसकेको छ । विभागले स्मार्ट लाइसेन्सको सिस्टम जडान भएपछि बाँकी पाँच स्थानमा पनि नवीकरण गर्ने भएको छ ।


ADVERTISEMENT

# # #


यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले पहिलोपटक कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीबाट हुँदै आएको सवारी अनुमतिपत्र नवीकरणको काम विराटनगरस्थित सेवा कार्यालयबाट शुरू गरेको बताएका छन् ।

विराटनगर सेवा कार्यालयले वार्षिक सवारी कर, सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नवीकरण, बाटो इजाजत नवीकरण, सवारी साधन जाँचपास, अस्थायी रुट इजाजत (पटके) र सवारी साधन कर उठाउँदै आएको थियो। अब सवारी अनुमतिपत्र नवीकरणको काम पनि थपिएको छ। – आजको नेपाल समाचारपत्रबाट