मोरङ– निर्माण सुरु भएको २० वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथको ट्र्याक खोल्ने काम अलपत्र परेको हो ।


ADVERTISEMENT


सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय मोरङका प्रमुख श्यामकिशोर सिंहका अनुसार विराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको हो । चक्रपथ विस्तारका क्रममा दिइनुपर्ने मुआब्जामा विवाद र स्रोतसमेत नहुँदा अझै दुई किमी ट्र्याक खोल्न बाँकी रहेको छ ।


ADVERTISEMENT

# # #


मुआब्जाको माग गर्दै स्थानीयवासीले काम रोकेपछि झोराहाटखण्डको दुई किमी ट्र्याक खोल्न बाँकी रहेको प्रमुख सिंहले बताएका छन् । चक्रपथले २० सुकुम्बासीको घर भेट्ने र ती घरधनीहरुलाई मुआव्जाको रुपमा घडेरी उपलव्ध नगराए उनीहरु बाटोले गर्दा बिस्थापीत हुने पिडित अखिल बराईलीले बताए ।

उनले भने, “मुआब्जा नदिएसम्म हाम्रो जमिन अधिग्रहण गर्न दिन्नौँ ।” निर्माणको यस अवधिमा मुआब्जाको विवादले काममा ढिलाइ भएपनि २० किमीमा भने ग्राभेल भइसकेको छ । चक्रपथका लागि मात्रै दुईसय ११ बिघा जग्गा आवश्यक पर्छ । यो सबै जग्गा निःशुल्करुपमा अधिग्रहणको योजना रहेको छ । चक्रपथले मोरङका कटहरी, झोराहाट, लखन्तरी, टङ्कीसिनबारी, हात्तीमुडा, भाथिगन्जसहित विराटनगर उपमहानगरपालिकाका विभिन्न वडा छुनेछ ।

चौँतिस मिटर चौडाइ रहेको चक्रपथको सहायक मार्ग आठ देखि १० मिटरका हुनेछन् । चक्रपथका लागि सिङ्घिया नदीमा भने दुईवटा ठूला पुल बनाउनुपर्ने छ । चक्रपथ निर्माणको ढिलाइले स्थानीय अगुवा भने निराश भएको विजय विश्वास बताउँछन् । ४२ किमी लम्बाइ रहेको चक्रपथको सम्पूर्ण निर्माण भइसक्दा करिब रु पाँच अर्ब लाग्ने अनुमान गरिएको छ । गत वर्ष चक्रपथका लागि करिब रु ६ करोड बजेट छुट्याइएको थियो ।