काठमाडौं–कर्नाटकको विधानसभा चुनावको प्रारम्भिक रुझानले भारतीय जनता पार्टीलाई उत्साहित बनाएको छ । कांग्रेस भने सत्ताबाट हट्ने संकेत देखिन्छ ।


ADVERTISEMENT


भारतीय सञ्चार माध्यमहरुका अनुसार अहिले भाजपाले ११५ सिटमा अग्रता लिइरहेको छ । जबकी २०१३ मा उसले मात्र ४० सिट जितेको थियो ।


ADVERTISEMENT

# # #


कांग्रेसले ६४ स्थानमा अग्रता लिएको छ । अघिल्लो चुनावमा उसले १२२ सिट जितेको थियो ।

जेडी (एस)ले ४० सिटमा अग्रता लिएको छ । उसले २०१३ मा पनि ४० सिट नै जितेको थियो । अघिल्लो चुनावका तुलनामा धेरै सिट गुमाउनेमा अन्य दलहरु छन् । गत चुनावमा उनीहरुको २२ सिट थियो, यो पटक मात्र ३ सिटमा अग्रता छ ।

कर्नाटकको विधानसभामा बहुमतका लागि ११२ सिट चाहिन्छ ।