काठमाडौँ– नयाँ शक्तिले नागार्जुन नगरपालिका वडा. नम्बर ७ का वडाध्यक्ष मदन गिरी अपहरणमा परेको बताएको थियो । उनी शुक्रबार गोदावरीमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छबिलाल जोशीले बताए ।


ADVERTISEMENT


प्रहरीले अपहरण काण्डबारे अनुसन्धान गरिएको छ । तर, चुनावमा चर्चामा आउन अपहरणको नाटक गरेको आशंका गरिएको छ । ‘हामीले उहाँको राजनीतिक, आर्थिक, पारिवारिक सबै पक्षको अध्ययन गरिरहेका छौं’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘यो अपहरणको नाटक जस्तो मात्र देखिन्छ ।’


ADVERTISEMENT

# # #


नेपाली सेनाका पूर्व जमदार तथा मार्सल आर्टस्का खेलाडीसमेत रहेका गिरी वेपत्ता भएपछि प्रहरीको ५ वटा टोलीले उनको खोजी गरिरहेको थियो ।

प्रहरीका अनुसार गिरीले काठमाडौँको सोह्रखुट्टेको कारवासमा बा ११ च ४०२९ नम्बर गाडी धुनका लागि छाडेपछि तीन जना व्यक्तिले भेट्नका लागि बोलाएको र अपहरण गरेको बयान दिएका छन् ।

गिरीले चार जनाको समूहले आफूलाई अपहरण गरेको भन्दै एसएमएस गरेका थिए । लगतै प्रहरीले उनको खोजी थालेको थियो । तर, उनी अपहरणमा परेको नभई सम्पर्क बाहिर बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।