काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता गगन थापालाई जवाफ दिएका छन् । अघिल्लो सरकारजस्तो निरीह यो सरकार नरहेको बताउँदै उनले थापालाई प्रश्न गरे, “संविधान संशोधन गर्न सकिनँ माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्न ?”


ADVERTISEMENT


थापाले सोमबार व्यवस्थापिका संसदमा बोल्दै अरूलाई लम्पसारवादी भन्ने केपी ओली आफैँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु लम्पसार परेको भन्दै कटाक्ष गरेका थिए ।


ADVERTISEMENT

# # #


मंगलबार युवा संघको २८ औँ स्थापना दिवसका दिन आयोजित कार्यक्रम उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले थापालाई भने, “युवा छन्, केही गर्लान् भनेको दिमागमा त विरोधमात्रै रहेछ !”

उनले एमाले भारत विरुद्ध उफ्रिइरहोस् र त्यसको फाइदा आफूमात्रै लिइराख्न पाउँ भन्नेलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले टाउको दुःखेको बताए ।

“हामी भारतको विरोधी होइनौँ । नेपालको हित चाहन्छौँ, मोदीको आगमनले द्विपक्षीय सम्बन्ध सुधार भएको छ । उहाँको वक्तव्यबाट पनि त्यो प्रष्ट हुन्छ” उनको स्पष्टोक्ति थियो ।

उनले नेपालको हित विरुद्ध एक शब्द पनि कतै लेखेको बोलेको भेट्टाए प्रमाण ल्याउन चुनौतीसमेत दिए । युवा संघ नेपालले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजनजा गरी स्थापना दिवस मनाएको थियो ।

मुख्यमन्त्रीको अभिव्यक्ति ‘मति बिग्रिएको’ !

उनले मोदीको नागरिक अभिनन्दनमा दुई नम्बर प्रदेशमा मुख्यमन्त्री लालबाबु राउतले कूटनीतिक मर्यादाविपरित बोलेको भन्दै नेपाल सरकारको नीति त्यो नरहेको उनको बताए ।
“उहाँले आफ्नो नीति बताउनुभएको हो कि मति बिग्रिएको हो, नेपाल सरकारको त्यो नीति होइन । मैले बोलेको मात्रै नेपाल सरकारको नीति हुन्छ । त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत हुनुहुन्थ्यो, उहाँहरूले बोलेको नेपाल सरकारको नीति हो,” उनको प्रष्टोक्ति थियो ।