काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । ईडन गार्डनमा राजस्थानले दिएको १४३ रनको लक्ष्य कोलकाताले ४ विकेटको क्षतिमा १८ ओभरमा हासिल गर्‍यो । क्रिस लिनले सबैभन्दा धेरै ४५ र दिनेश कार्तिकले ४१ रन बनाए ।


ADVERTISEMENT


राजस्थानका बेन स्टोकले ४ ओभरमा १५ रन दिएर ३ विकेट झारे । यसअघि टस हारेर व्याटिङ गरेको राजस्थानले ९ ओभरमा १४२ रनमा अलआउट भयो । जोस बटलरले सबैभन्दा धेरै ३९ रन बनाए ।
बलिङतर्फ कोलकाताका कुलदिप यादवले चार विकेट लिए । उनलाई प्लेयर अफ दि म्याच घोषित गरियो ।


ADVERTISEMENT

# # #


यो जितसँगै कोलकाता १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । जबकी १२ अंकसहित राजस्थान चौथो स्थानमा छ । राजस्थानले २००८ पछि ईडन गार्डनमा कोलकातालाई हराउन सकेको छैन । अब दुवै टिमलाई प्लेअफमा पुग्नका लागि आफ्नो अन्तिम म्याच जित्नैपर्ने भएको छ ।