उदयपुर-  उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।


ADVERTISEMENT


आगामी माघ २६ गतेदेखि २९ गतेसम्म कक्षा ६ मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।


ADVERTISEMENT

# # #


जिल्लाका आठवटै पालिकामा सञ्चालन हुने उक्त अभियानअन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५४९, त्रियुगा नगरपालिकामा एक हजार ११९, कटारी नगरपालिकामा ७१६ र बेलका नगरपालिकामा ६६२ जना किशोरीलाई खोप लगाइने कार्यालयले जनाएको छ ।

त्यसैगरी, उदयपुरगढी गाउँपालिकामा २६१, रौतामाई गाउँपालिकामा २१६, ताप्ली गाउँपालिकामा १४४ तथा लिम्चुङबुङ गाउँपालिकामा १०६ जना किशोरीलाई एचपिभी खोप लगाइनेछ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अभियानका क्रममा आठवटै पालिकामा ३९४ वटा खोप केन्द्र तोकिएका छन् ।

ती केन्द्रमा ३६३ जना खोप लगाउने स्वास्थ्यकर्मी र ३९४ जना स्वयंसेवक परिचालन गरिनेछ । गत वर्ष उदयपुरका एचपिभी खोप १८ हजार ३८९ जना किशोरीलाई लगाइएको कार्यालयले जानकारी दिएको छ ।