विराटनगर(रासस)–प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले लघु उद्यमको विकास गरी जनताको आर्थिक समृद्धि कायम गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


उद्योग तथा उद्यमशीलता विकास र लघु उद्यम विकास मोडलसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बुधबार उनले स्थानीय कच्चा पदार्थको प्रयोग गरी रोजगारी सिर्जना गर्ने कार्यमा प्रदेश सरकारको सहयोगीको भूमिका रहने बताए ।


ADVERTISEMENT

# # #


सामाजिक विकासमन्त्री जीवन घिमिरेले नवीनतम प्रविधिको प्रयोग गर्दै गुणस्तरीय उत्पादन गरी मुलुकको व्यापार घाटा घटाउन लघु उद्यमीलाई आग्रह गरे ।

उहाँले रोजगारी न्यूनीकरण गरी रोजगारी सिर्जना गर्न उद्यमीको ठूलो भूमिका रहेको बताए । प्रदेश १ का प्रमुख सचिव सुरेश प्रधानले ग्रामीण क्षेत्रमा रहेको गरिबी निवारणका लागि उद्यमीले विशेष ध्यान दिनुपर्ने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा गोपीकृष्ण खनालले मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धि गर्न तीन तहका सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए ।

अभिमुखीकरण कार्यक्रममा प्रदेश नं १ का प्रदेश सदस्य, लघु उद्यमी र सरोकारवालाको सहभागिता रहेको थियो ।