काठमाडौं–म्यूजिक डाइरेक्टर र गायक हिमेश रेशमिया आजकाल दुबईमा श्रीमती सोनिया कपूरसँग हनिमून मनाइरहेका छन् । उनले आफ्नो इन्स्टाग्राममा सोनियासँगको फोटो सेयर गरेका छन् जसमा दुबैले निकै रोमान्टिक पोज दिएको देख्न सकिन्छ ।


ADVERTISEMENT


https://www.instagram.com/p/Bi1XKkSg7MA/?taken-by=realhimesh


ADVERTISEMENT

# # #


हिमेशले मे ११ तारिखमा आफ्नो मुम्बईस्थित घरमा सोनियासँग निकै गोप्य तरिकाले दोस्रो विवाह गरेका हुन् जसमा विशेष व्यक्तिहरुलाई निमन्त्रणा गरिएको थियो । सोनिया कपुर टेलिभिजन नायिका हुन् । उनी अहिलेसम्म ‘किटी पार्टी’, ‘आ गले लग जा’, ‘पियाका घर’, ‘कभी कभी’, ‘कुसुम’, ‘सती’, ‘रिमिक्स’, ‘केसा ए प्यार’जस्ता कार्यक्रममा देखिएकी छिन् ।

उनले किट्टी पार्टी सिरियलमा रुकसानाको भूमिका निभाएकी जुन अहिलेपनि मानिसहरु याद गर्छन् । सोनियाले आफ्नो करियरको सुरुवात मुम्बईको एक फाइनान्स कम्पनीमा सेक्रेटरीको रुपमा गरिन् । टिभीमा उनको पहिलो सिरियल ‘औरत’ थियो ।

हिमेश र सोनियाको सम्बन्धले सन् २००६ मा मिडियामा निकै चर्चा बटुलेको थियो । स्मरण रहोस्, विवाहअघि यो जोडी करिब १० वर्षसम्म लिभ इनमा बसेका थिए ।

पहिलो विवाहको २२ वर्षपछि सम्बन्धविच्छेदः
हिमेशले सन् १९९४ मा कोमलसँग पहिलो विवाह गरेका थिए । सन् २००५ देखि नै यो जोडी अलग बस्दै आएको थियो । हिमेशको सोनियासँगको विवाहेत्तर सम्बन्धका कारण यी दुई अलग बस्न थालेको बताइयो ।

पछि आपसी सहमतीमा यो जोडीले मुम्बईको बान्द्रा फ्यामिली कोर्टमा डिसेम्बर २०१६ मा सम्बन्धविच्छेदका लागि निवेदन दिए र सन् २०१७ को जून अर्थात् २२ वर्ष पछि यी दुईको सम्बन्धविच्छेद भयो ।

दुबैका स्वयं नामका एक छोरा छन् । हिमेश र कोमल स्वयंका को–पेरेन्ट्स हुन् । सम्बन्धविच्छेद पछि पनि कोमल हिमेश बस्ने बिल्डिङमा नै बसिरहेकी छिन् ।