काठमाडौं–कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा गएराती भीषण आगलागी भएको छ ।


ADVERTISEMENT


आगलागी वाट ६ वटा पसल जलेर नष्ट भएका छन् । स्थानिय रसिद खान (छोटु)को घरको पसलबाट २ बजे आगलागी सुरु भएकोे प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


आगलागीबाट करिब २ करोड भन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराईले वताए ।

खानको घरमा रहेका पसलहरु पौडेल ब्रदर्श कम्प्यूटर, लक्ष्मी ट्रेडर्स एण्ड दुध डेरी, ग्यालेक्सी पिउने पानी, एस.आर. ट्रेड लिंङ, शिवराज हेयर कटिङ्ग, र जेडिसी गेमिङ्ग पुर्ण रुपमा जलेर नष्ट भएका छन् ।

आगो निभाउन स्थानीयका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र कृष्णनगरको दमकल प्रयोग गरिएको थियो ।

आगोलागीबाट पसलका सम्पुर्ण समाग्रिहरु जलेर नष्ट भएको पौडेल व्रोदश कम्पीयुटर का संचालक पदम पौडेलले वताए । पसलमा सिसि टिभि,कम्पीयुटर लगाएतका इलेक्टोनीक्सका सामानहरु खरानी भएको पौडेलले वताए ।

समयमा दमकल नआउदा र दमकल संचालकहरु तालिम प्राप्त नभएको हुदा धेरै क्षती हुन पुगेको भन्दै स्थानियहरुले आक्रोश पोखेका छन् ।