टोकियो–एक जापानी रेल कम्पनीले आफ्नो एक रेलले २५ सेकेण्ड अघि नै स्टेशन छाडेपछि माफी मागेको छ । केही महिनाभित्र भएको यो दोश्रो घटना हो । रेल संचालकले क्षमायाचना पत्र जारी गर्दै भनेका छन् “यसले हाम्रो ग्राहकमाथि परेको ठूलो असुविधा क्षमायोग्य छैन ।”


ADVERTISEMENT


केही महिना अघि नोभेम्बरमा अर्को एक ट्रेन २० सेकेण्ड अघि स्टेशन छाडेको थियो । त्यो बेला पनि यस्तै क्षमा मागिएको थियो । रेल संचालकले क्षमायाचना मागेको यो खबरको विश्वभरी समाजिक संजालमा अचम्म मानेर चर्चा भइरहेको छ ।


ADVERTISEMENT

# # #


जापान टुडेको अनुसार शुक्रबार एक रेलका कण्डक्टरले नाटोगवा स्टेशनबाट आफ्नो रेल ०७ः११ मा निस्कने समय तालिका भएको सोचेका थिए । तर खासमा रेल छुट्ने समय तालिका ०७ः१२ मा थियो । रेलको ढोका एक मिनेट अघिनै बन्द गरेपछि मात्र उनलाई आफ्नो गल्तीको ज्ञान भयो, उनलाई आफ्नो यस गल्तीमा लज्जा बोध भयो । र केही सेकेण्ड उने रोके पनि ।

तर प्लाटफर्ममा कुनै यात्रुहरु नदेखेपछि उनले रेल अघि बढाउने सोचे र समय तालिकभन्दा चाडै निस्किए । स्टेशनबाट रेल समय तालिका भन्दा २५ सेकेण्ड चाडैं निस्किएको थियो । तर पछि केही यात्रुहरुले रेल चढ्न बाँकी रहेको थाहा भएको थियो ।

प्लाटफर्ममा छाडिएका ती यात्रुहरुले रेल संचालकहरुलाई यसबारे गुनासो गरे । त्यसपछि एक अधिकारीले तत्कालै वक्तव्य जारी गरेर क्षमायाचना मागेका थिए ।

अघिल्लो नोभेम्बरमा भएको घटनामा टोकियो र सुकुवाबीच चल्ने सुकुवा एक्सप्रेस रेलका व्यवस्थापकले यस घटनाबाट पुगेको ‘असुविधाका लागि इमान्दारीपूर्वक क्षमायाचना’ मागेको भनेका थिए ।

त्यो समयमा पनि कण्डक्टरमा रेल छुट्ने समयबारे भएको भ्रमको कारणले गल्ती भएको थियो । त्यस बखत भने कुनै यात्रु छुटेका थिएनन् ।