काठमाडौं – टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले पिपुल्स च्वाइस अवार्डको अवार्ड जितेका छन् । क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन् । खेल पत्रकार महासंघद्वारा प्रदान गरिने पल्सर स्पोर्टस अवार्ड २०७४ मा चार प्रतिस्पर्धीलाई पछि पार्दै स्यान्टुले अवार्ड जितेका हुन् ।


ADVERTISEMENT


उनीसँगै क्रिकेटका सन्दीप लामिछाने, भलिबलबाट मानबहादुर श्रेष्ठ, गल्फबाट प्रतिमा श्रेष्ठ र फुटबलबाट किरण चेमजोङ मनोनयनमा परेका थिए । समर्थकहरुको मतका आधारमा प्रदान गरिने यो अवार्डका लागि स्यान्टुले ४१.५१ प्रतिशत मत पाएका थिए । यस्तै भलिबलका मानबहादुर श्रेष्ठले २१.६५, क्रिकेटका सन्दीप लामिछानेले १५.०१, भलिबलका किरण चेमजोङले १३.३२, गल्फकी प्रतिमा श्रेष्ठले ९.५२ प्रतिशत मत पाएका थिए ।


ADVERTISEMENT

# # #


यता सन्दीप लामिछाने उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । सन्दिप अहिले आईपीएल खेल्न दिल्लीमा छन् । यस्तै सिनियर क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा वर्षका उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।