काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


नेपाल विद्यार्थी संघले बिहीबार दिउँसो काठमाडौंको आरआर कलेजअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने माग गर्दै प्रदर्शन गरेको हो । विरोध कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर विद्यार्थी र जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । जनताको ढाड सेकिने गरी पटक पटक भइरहेको मूल्यवृद्धि फिर्ता नलिए देशैभरी आन्दोलन चर्काउने उनले चेतावनी दिए ।


ADVERTISEMENT

# # #


नेपाल आयल निगमले बुधबार खाना पकाउने एलपी ग्यास र हवाई इन्धन बाहेक सबै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले तीन महिनाको अवधिमा चार पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरिसकेको छ ।