फलेवास(रासस)–पैयूँ गाउँपालिका–४ हुवासले स्थानीय ७३ जना वृद्धवृद्धालाई सम्मानित गरेको छ ।


ADVERTISEMENT


वडा कार्यालयले बिहीबार ७८ वर्षदेखि १०६ वर्षसम्मका वृद्धवृद्धालाई सम्मानित गरेको हो । वडा कार्यालयको स्वीकृत कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


श्रेष्ठका अनुसार वडाका सबैभन्दा ज्येष्ठ नागरिक १०६ वर्षीय ज्येष्ठ नागरिक दलबहादुर कामीसहित ७३ वृद्धवृद्धालाई ब्लाङ्केट प्रदान गरी सम्मानित गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, पर्वतका उपप्रमुख यमकुमारी रानाले वृद्धवृद्धालाई वडा कार्यालयले गरेको सम्मानको प्रशंसा गरेका थिए । रानाले वृद्धवृद्धाले समाजका लागि धेरै योगदान पु¥याएको प्रसंग औँल्याउँदै उनीहरुको त्यो योगदानको कदर गरेर हामीले माया ममता दिनुपर्ने बताए ।

उक्त सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सदस्य शर्मिला नेपाली, इलाका प्रशासन कार्यालय, हुवास, पर्वतका मोहनप्रसाद उपाध्याय, एमाले स्थानीय नेता नुमाखर बस्याल, नेकपा (माओवादी केन्द्र)का युवराज सेन र नेपाली काँग्रेसका तिलकप्रसाद श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।