काठमाडौँ – थाइल्यान्डमा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) राइजिङ स्टार्स वुमन्स एसिया कपमा सहभागी हुने राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरिएको छ ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच क्यानका पदाधिकारीहरुले राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरेका हुन् । नेपाली टोलीकी कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी दिइएको छ ।


ADVERTISEMENT

# # #


विदाई कार्यक्रममा राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले नेपाली टीम बलियो रहेकाले नेपालले जित हासिल गर्ने बताइन् । नेपाली पुरुष टीम जस्तै महिल टीमले पनि राम्रो प्रदर्शन गर्दै अघि बढ्न लक्ष्य रहेको उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकले अन्य टीमको अगाडी नेपाली टोलीले पनि राम्रो क्रिकेट खेलेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा नेपाल रहेको समूह ए मा भारत ए, पाकिस्तान ए र यूएई छन् भने समूह बी मा बंगलादेश ए, श्रीलंका ए, मलेसिया र थाइल्यान्ड छन् । फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ए सँग खेल्नेछ भने सोही दिन भारत ए र यूएईबीच पनि प्रतिस्पर्धा हुनेछ ।

नेपालले दोस्रो खेल १५ फेब्रुअरीमा यूएई अनि तेस्रो खेल १७ फेब्रुअरीमा भारत ए सँग खेल्ने तालिका छ । दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।