काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस ( एनएचसीएल) बीच एनपीएस (नेसनल कार्ड स्वीच) अन्तर्गत डोमेस्टिक कार्य स्किम, ईएफटी स्वीचमार्फत नेपाल पे काड सञ्चालन गर्ने सम्झौता भएको हो ।


ADVERTISEMENT


मंगलबार आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनएचसीएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


यस सम्झौता अन्तर्गत सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एनएचसीएलको ईएफटी सदस्यभित्र नेपाल पे कार्ड जारी गर्ने पहिलो बैंक भएको छ । यस पश्चात सिटिजन्स बैंकको एटीएम तथा पीओएल टर्मिनल हरुमा नेपाल पे कार्ड साथै डिस्कभर, डिनर्स, पल्स अन्तर्राष्ट्रिय कार्ड पनि स्वीकार्य हुनेछन् । यससंगै बैंकका ग्राहकहरुले छिट्टैनै एनएजसीएल द्धारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम नेपाल पे कार्ड पनि पनि प्राप्त गर्न सक्नेछन् ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।