काठमाडौं–तत्कालिन नेकपा माओवादी केन्द्रको पेरिसडाँडा स्थित केन्द्रीय कार्यालय पुगेका प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस माथि पुनः व्यङ्ग गरेका छन् । बिहिबार बिहान कांग्रेसलाई प्रतिष्पर्धी पार्टी नभइ सहयोगी दल भएको टिप्पणी ओलीले गरेका थिए । लगत्तै दिउँसो पार्टी एकता घोषणा कार्यक्रममा ‘एउटा चुनाव हार्दा दिशाहिन भएर किन टाउको यता र उता ठोक्काएको’ भन्दै प्रश्न गरेका थिए ।


ADVERTISEMENT


बिहिबार पेरिसडाँडाबाट भने ओलीले एउटा समाचारको विषयलाई लिएर कांग्रेसलाई व्यङ्ग कसे । ‘एउटा पत्रिकाले लेखेछ – ‘कांग्रेस फेरि तङ्ग्रिन थाल्यो ‘, ओलीले आश्चर्य मानेको शैलीमा भने, ‘हिजोको आज तङ्ग्रिन थाल्यो! रातभरीमा कांग्रेसलाई बोनभिटा कसले खुवायो ? अचम्म लाग्छ। ‘


ADVERTISEMENT

# # #


‘चेवनप्रास खुवाएछ,’ ओलीले थप्दै भने, ‘नतङ्ग्रियोस भन्ने मेरो भनाई होइन। तर हद हुन्छ नि, रातैभरीमा तङ्ग्रियो ?’ उनले एकता हुदैँन भन्ने कतिपयले अहिले ‘एकता गर्न त सजिलो छ। टिकाउन गाह्रो छ,’ भन्ने टिप्पणी गर्न थालेको बताए।

‘टिक्ने होइन क्यारे, भन्न थालेका छन्,’ ओलीले भने, ‘केपी ओली र प्रचण्ड एक ठाउँमा टिकेर बस्न सक्छन्, अनेक कुरा निकाल्छन् ।’

उनले नेकपामा दुवै अध्यक्ष पार्टी र सरकार प्रमुख भैसकेको उल्लेख गरे । प्रचण्ड तर्फ हेर्दै ओलीले थपे, ‘उहाँ भूतपूर्व प्रधानमन्त्री भैसक्नुभयो । भूतपूर्व भन्दा माथि फोटो टाँसिने होइन । दुई पटक प्रधानमन्त्री हुनुभयो ।’

लगत्तै ओलीले माधव नेपाललाई पनि जिस्क्याउन भ्याए।

‘म दुईपल्ट प्रधानमन्त्री भएको भन्दा माधव नेपाल एकैपल्ट बढी हुनुभयो,’ ओलीले पार्टीको नेतृत्वको विषयमा समेत प्रचण्ड र नेता नेपाललाई जिस्काए ।

‘पार्टी प्रमुख कि प्रचण्डले ३० बर्ष चलाउनुभयो । कि उहाँले १५ चलाउनुभयो ।’

‌ओ‌‌लीले प्रचण्डको बिहिबार पार्टी एकता घोषणा सभामा आफूहरु ‘डाँडामाथी’ रेहको टिप्पणीमा समेत जवाफ दिन भ्याए ।

‘आफूलाई बुढो ठान्नुहुन्छ’, ओलीले भने, ‘म भन्दा कान्छो हुनुहुन्छ ।’ ओलीले एकताबद्ध भएर दृढताका साथ मुलुको अभिभारा पूरा गर्ने अठोट व्यक्त गरे । उनले एक अर्काको अर्थ र महत्व बुझे पार्टी एकता सहज हुने बताए। उनले एकीकृत पार्टीमा कुनै मतभेद नभएको उल्लेख गरे ।

उनले सबैले स्वागत गर्ने एकता सायदै हुने जिकिर गरे। ‘यस्तो एकता सायद कमै हुन्छ। जहाँ सबैले स्वीकार गर्छ’, ओलीले भने ‘न कसैले पदमा निहुँ खोज्छ।’

उनले एकता अमर हुने टिप्पणी गरे। ‘अमर मात्र रहँदैन, फल्छ, फुल्छ, सफल हुन्छ र अगाडी बढ्छ।’