काठमाडौं–गृहमन्त्रालयले ५ जना डिआईजीको सरूवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्णय अनुसार पाँच डिआइजीको सरूवा भएका हुन् ।


ADVERTISEMENT


आइजीको दौडमा रहेका पुष्कर कार्कीलाई अपराध अनुसन्धान ब्युरोबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरूवा गरिएको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी छबिलाल जोशीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरूवा गरेको छ । यस्तै महानिरीक्षकको सचिवालयमा रहेका मनोज न्यौपानेलाई महानगरिय प्रहरी कार्यालय रानीपोखरी सरूवा गरेको छ ।

प्रदेश प्रहरी कार्यालय प्रदेश १ का ज्ञानबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागमा सरूवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका डिआईजी धिरू बस्नेतलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग सरूवा गरेको छ ।