काठमाडौं–समृद्धिका योजना द्रुतगतिमा कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीको रुचिमा बलियो प्रशासनिक संरचना बनाउने तयारी अघि बढेको छ । जसअनुसार सरकारले प्रधानमन्त्री कार्यालय पुनर्संरचना गरी ५ सचिवको मातहतमा ११ वटा महाशाखा बनाएको छ ।


ADVERTISEMENT


सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा थपिएका छन् ।


ADVERTISEMENT

# # #


राजस्व अनुसन्धान, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने प्रक्रिया अघि बढेको छ । यी सबै विभागले प्रधानमन्त्री कार्यालयलाई रिर्पोट बुझाइसके पनि कानुनी प्रक्रिया पूरा गरेर मातहत ल्याउने काम भने बाँकी नै छ ।

त्यस्तै, प्रधानमन्त्रीलाई नीतिगत सुझाब दिने अध्ययन–अनुसन्धान समूह (थिङ्क ट्याङ्क) गठन गर्ने गृहकार्य पनि अघि बढिरहेको छ । – आजको नयाँ पत्रिकाबाट