काठमाडौं–आगामी जुन १४ देखि रूसमा हुने २१औं विश्वकप फुटबल प्रतियोगिताका लागि पोर्चुगलले २३ सदस्यीय टोलीको घोषणा गरेको छ । प्रशिक्षक फर्नान्डो सान्तोषले घोषणा गरेको टोलीमा दुई वर्षअघि युरोकप खेल्ने टोलीका अधिकांश खेलाडी परेका छन् ।


ADVERTISEMENT


सन् २०१६ मा पोर्चुगलले युरोकप जित्दा टोलीमा रहेका १३ खेलाडी विश्वकपका लागि छानिएका छन् ।


ADVERTISEMENT

# # #


विश्वकपका लागि घोषित पोर्चुगलको टोली

गोलरक्षक– एन्थोनी लोपेज (लियोन), बेटो (गोटेप) र रुई प्याट्रिसियो (स्पोर्टिङ लिस्बन) ।

डिफेन्डर– ब्रुनो आल्भेस (रेन्जर्स), सेड्रिक सोरेस (साउथह्याम्पटन), जोसे फोन्ट (डालियन यिफाङ), मारियो रुई (नापोली), पेपे (बेसिकटस), राफेल ग्वेरेइरो (बोरुसिया डर्टमन्डं), रिकार्डो पेरेइरा (पोर्टो) र रुबेन डियास (बेनफिका) ।

मिडफिल्डर– एड्रिन सिल्भा (लिसेस्टर), ब्रुनो फर्नान्डेस (स्पोर्टिङ लिस्बन), जो मारियो (वेस्ट ह्याम), जो मोउटिन्हो (मोनाको), म्यानुएल फर्नान्डेस (लोकोमोतिभ) र विलियम कार्भाल्हो (स्पोर्टिङ लिस्बन)।

स्ट्राइकर– आन्द्रे सिल्भा (एसी मिलान), बेर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड), गेल्सन मार्टिन्स (स्पोर्टिङ लिस्बन), गोन्कालो ग्वेडेस (भ्यालेन्सिया०)र रिकार्डो क्वारेस्मा (बेसिकटस)।

युरोकपमा फ्रान्सविरुद्घ फाइनल खेल्ने प्रारम्भिक टोलीका ११ खेलाडीमध्ये नानी, रेनाटो सान्चेज तथा रिकार्डो कार्भाल्हो, आन्द्रे गोमेज र इडर विश्वकपका लागि टोलीमा स्थान पाएका छैनन् ।

यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने नेल्सन सेमेडोले पनि पोर्चुगलको प्रारम्भिक टोलीमा स्थान बनाउन सकेनन् । अर्को स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने फाबियो कोन्ट्राओ पनि विश्वकप टोलीमा परेका छैनन् ।

यसैबीच पोर्चुगलले विश्वकपको तयारी आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना नै अगाडि बढाउने भएको छ । रोनाल्डो यति बेला रियल म्याड्रिडको तर्फबाट आगामी मे २६ मा लिभरपुलसँग च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा व्यस्त छन् ।

विश्वकपअघि पोर्चुगलले तीन वटा अभ्यास खेल खेल्ने छ । पोर्चुगलले मे २८ मा ट्युनिसिया, जुन २ मा बेल्जियम र जुन ७ मा अल्जेरियासँग अभ्यास खेल खेल्नेछ ।

विश्वकपमा पोर्चुगल समूह ‘बी’मा परेको पोर्चुगलले विश्वकपको पूर्वविजेता स्पेन, मोरक्को र इरानसँग प्रतिश्पर्धा गर्नेछ । पोर्चुगलले विश्वकपमा आफ्नो पहिलो खेल जुन १५ मा सोचीमा बलियो प्रतिद्वन्द्वी स्पेनसँग खेल्नेछ ।

विश्वकप जुलाई १५ सम्म रूसका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलिँदैछ ।