रौतहट–बलात्कार गरी बालिकाको हत्या गर्ने एक युवकलाई रौतहट जिल्ला अदालतले ५२ वर्ष जेल सजाय सुनाएको छ । न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले रौतहटको कटहरिया नगरपालिका–१, हर्षाहाका ३० वर्षीय बालकिशोर चौरसियाविरुद्ध ५२ वर्ष कैद सजायको फैसला गरेको हो । रौतहट जिल्ला अदालतले सबैभन्दा बढी लामो समयको कैद फैसला गरेको यो सम्भवतः पहिलो घटना भएको बताइन्छ।


ADVERTISEMENT


बालिका अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना, जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद तथा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष कैद गरी चौरसियालाई ५२ वर्ष जेल सजाय सुनाइएको जिल्ला अदालत रौतहटले जनाएको छ। – आजको नागरिक दैनिकबाट


ADVERTISEMENT

# # #