काठमाडौं–संजय दत्तको बायोपिक ‘संजु’ मा थुप्रै स्टारकास्ट छन् । फिल्ममा रणबीर कपुर, संजय दत्तको भूमिकामा देखिनेछन् । रणबीरका साथै यसमा परेश रावल, विक्की कौशल, दिया मिर्जा, सोनम कपुर, अनुष्का शर्मा, मनिषा कोइराला पनि छन् । तर के तपाईंलाई थाहा छ, फिल्ममा आमिर खानलाई पनि एक रोल अफर गरिएको थियो ।


ADVERTISEMENT


आमिरलाई फिल्मका निर्देशक राजकुमार हिरानीले संजयका बुवा सुनिल दत्तको रोल अफर गरेका थिए तर आमिरले उक्त भूमिका अस्विकार गरे । हिरानीले आउटलुकलाई दिएको अन्तर्वार्तामा भने, ‘आमिर मेरा साथी हुन् । म जति पनि स्क्रिप्ट लेख्छु, उनलाई यसबारे पक्कै जानकारी गराउँछु । जब मैले उनलाई संजुको कहानी सुनाएँ तब उनले ‘म पनि केही गर्छु’ भने । मैले उनलाई सुनिल दत्तको भूमिकाका लागि अफर गरें तर उनले त्यती नै बेला दंगलमा अधबैंसे व्यक्तिको भूमिका निभाइरहेका थिए त्यसकारण उनले सुनिल दत्तको भूमिका गर्नमा रुची राखेनन् ।’


ADVERTISEMENT

# # #


संजय दत्तले फिल्मबाट कुनै पनि दृश्य वा डायलग हटाउन नपाउने भनी सुरुमा नै हिरनीले शर्त राखेको उक्त अन्तर्वार्तामा बताए । उनले भने, ‘मैले संजय दत्तलाई पहिले नै स्पष्ट पारिसकेको थिएँ कि उनले कुनै लाइन परिवर्तन गर्न र दृश्य हटाउन पाउने छैनन् । ’

संजु जून २९ मा रिलिज हुनेछ । सुनिल दत्तको भूमिकामा परेश रावल, नरगिसको भूमिकामा मनिषा कोइराला र मान्यताको भूमिकामा दिया मिर्जा देखिनेछन् ।