रसुवा–नेपाली सेनाले चिनियाँ नाका रसुवागाढी जोड्ने गरी १७ किमीको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न गरेको छ । नेपाली सेनाले निर्माण गरेको यो सडकको आइतबार रक्षा मन्त्री इश्वर पोखरेलले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


यो सडक सञ्चालनमा आएपछि राम्चेको पहिरोको अप्ठेरो सडक हुँदै रसवागढी जानुपर्ने बाध्यता हटेको छ । अब मैलुङबाट स्याफ्रुसम्म सेनाले बनाएको नयाँ सडकबाटै यात्रा गर्न सकिन्छ ।


ADVERTISEMENT

# # #


चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने यो मैलुङ–स्याफ्रुबेसी सडक सेनाले अब सडकलाई हस्तान्तरण गर्नेछ । दुई लेनको यो सडक निर्माण २०७२ को बैशाखबाट निर्माण सुरु भएको थियो ।

सुरुमा सिङ्गल लेनको ७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सेनाले भूकम्प पछि थप १० किलोमिटरसहित दुई लेनको सडक निर्माण गर्ने जिम्मेवारी पाएको थियो ।

नेपाली सेनाका अनुसार मैलुङ–स्याफ्रुबेसी सडक निर्माणका लागि ७० करोड ६९ लाख ९० हजार खर्च भएको छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेसी जोड्ने सडक भन्दा यो सडक २५ किलोमिटर छोटो छ ।

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न ५४ किलोमिटरको सडक पार गर्नुपर्छ । चीनले पनि यो मार्ग विकासका लागि चासो दिँदै आएको छ । तर यो सडक वर्षातको समयमा भने सञ्चालन गर्न कठिन हुने देखिन्छ । वर्षातको ४ महिना सवारी साधन सञ्चालन गर्दा जोखिम हुने निर्माण कार्यमा संलग्न रहेका सेनाका अधिकारीहरु बताउँछन् ।