डोटी–डोटी सदरमुकाम सिलगढीमा रहेको एक होटलमा आमा र छोरी मृत अवस्थामा फेला परेका छन् । स्थानीय सृजना होटलमा बास बसेका चुरे गाउँपालिका–१, कैलालीकी २४ वर्षीया शोभा साउद र उनकी १८ महिनाकी छिोरी करुणा मृत अवस्थामा फेला परेका हुन ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले छोरी करुणा वेडमा र आमा शोभा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


सडकमा पेटी ठेक्का लिँदै आएका शोभाका २६ वर्षीय श्रीमान् प्रेमबहादुर साउदसँगै आमा–छोरी होटलमा बसेका थिए । रातिसँगै सुतेका प्रेमले बिहान करिब चार बजे आफ्नो श्रीमती र छोरी मृत अवस्थामा फेला परेको भन्दै प्रहरीमा खबर गरेका थिए ।

प्रहरी नायव उपरीक्षक शर्माका अनुसार मृतक महिलाका माइतीलाई खबर गरिएको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।