काठमाडौं–स्ट्राइकर माउरो इकार्डी आगामी महिना रशियामा हुने विश्वकप फुटबलको अर्जेन्टिनी टोलीमा पर्न असफल भएका छन् । अघिल्ला खेलहरूमा राम्रो खेल्न नसकेपछि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज सामपाओलीले उनलाई विश्वकपको अन्तिम २३ मा नराखेका हुन् ।


ADVERTISEMENT


पाउलो डाइब्ला भने टोलीको अन्तिम सूचिमा अटाएका छन् ।


ADVERTISEMENT

# # #


विश्वकप ड्रामा अर्जेटिनाको समूह ‘डी’मा परेको छ । सो समूहमा अर्जेन्टिनासँगै आइसल्यान्ड, क्रोएसिया तथा नाइजेरिया रहेका छन् ।

यस्तो छ अर्जेन्टिनाको विश्वकप टोलीः
फ्रान्को अरमानी, विली काबालेरो, सर्जियो रोमेरो, मार्कोस अकुना, क्रिश्चियन अनसाल्दी, फेडेरेकिको फाजियो, जाभाएर मासचेरानो, ग्याब्रियल मरकाडोम निकोलस ट्यागलियाफिको, एभर बानेगा, लुकास बिगिलया, एन्जेल डि मारिया, म्यानुयल लान्जिनी, जियोभानी लो सेल्सो, म्याक्सीमिलिएनो मेजो, इदुआर्दो साल्भियो, सर्जियो एगुरो, पाउलो डाब्ला, गोन्जालो हिग्यून, लीयोनल मेस्सी, क्रिश्चियन पाभोन।