काठमाडौँ – नेकपा एमालेका नेता पार्वत गुरुङले संविधानको रक्षा गर्दै देशलाई सङ्कटबाट जोगाउनका लागि आसन्न निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।
युवा संघ नेपाल, अन्तरजिल्ला दोलखाद्वारा बुधबार काठमाडौंमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै गुरुङले अहिले निर्वाचनले मुलुकको परिवर्तन गर्ने भन्दै संविधानको रक्षा गर्दै देशलाई सङ्कटबाट जोगाउनका लागि समेत फागुन २१ को निर्वाचन महत्वपूर्ण रहेको बताएका हुन् ।
उनले जनतालाई दिग्रमित गरेर देश बन्न नसक्ने र देश बनाउनका लागि एमालेको साथ आवश्यक रहेको तर्क गरे । उनले एमालेले देशलाई फेरि पनि युवाहरूको भविष्यको निम्ति एउटा सुदृढ बाटो निर्माण गर्ने उल्लेख गरे ।
उनले दोलखालाई समृद्ध बनाउन, पर्यटन क्षेत्रको विकास गर्न यसअघि गरेका कामलाई आफुले आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता जनाए ।
गुरुङले युवाहरुको भविष्यका लागि उज्यालो बाटो निर्माणका लािग आफूले दोलखामा उम्मेदवारी दिएको बताए ।


























































