कैलाली – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा उत्रिएको बताएका छन् ।


ADVERTISEMENT


रास्वपाले आज धनगढीमा आयोजना गरेकोे परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले रास्वपाले राजनीतिक विकृति र विसङ्गतिविरुद्ध आवाज उठाइ जनतालाई अधिकार सम्पन्न बनाउने बताए । “हामी कसैको राजनीतिक आकांक्षा ठूलो कुरा होइन”, उनले भने, “देशको राजनीतिक आंकाक्षा केन्द्रमा राखेर यस हामी पटक निर्वाचनमा आएका हौँ ।”


ADVERTISEMENT

# # #


राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेकाले निर्वाचनमा स्वविवेकले मताधिकार प्रयोग गर्न जनतालाई आग्रह गरे ।

सोही कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सुदूरपश्चिम र देश बनाउने जिम्मा अब राष्ट्रिय स्वतन्त्र पाटीको काँधमा आएको बताए । निर्वाचनबाट यदि ठूलो दल बनेर सरकारमा जान सकेमा नेपालीको सपना साकार पार्ने उनको भनाइ थियो ।

वरिष्ठ नेता शाहले गरिब तथा विपन्न वर्गले प्राप्त गर्नुपर्ने शिक्षा, स्वास्थ्यलगायतका विषयहरूनै पार्टीको एजेन्डा रहेको उल्लेख गरे ।