काठमाडौं – नयाँ लोकदोहोरी गीत “ओयी माया देउरलीमा आउँछु भन्थेऊ” सार्वजनिक भएको छ।
गीतमा चर्चित गायिका अन्जु पन्त र गायक सुन्दर बोटको सुमधुर स्वर रहेको छ। प्रेम र वियोगको भाव समेटिएको यस गीतले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
गीतका संगीतकार मेष बस्नेत हुन्। भने निर्माण पक्षमा सुसान र सुसानाको सहभागिता रहेको छ।
मिक्सिङ इन्जिनियर चन्द्र चौधरी र राकेश ओली रहेका छन् भने रेकर्डिङ इन्जिनियरका रूपमा चन्द्र चौधरीले काम गरेका छन्। गीत ‘एकोस्टिक नेपाल’ स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतले छोटो समयमै राम्रो प्रतिक्रिया बटुलिरहेको निर्माण पक्षले जनाएको छ। लोकदोहोरी संगीतप्रेमीहरूका लागि यो गीत विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।


























































