काठमाडौँ – भक्तपुर क्षेत्र नंवर १ बाट रास्वपा उम्मेदवार रुकेश रञ्जितले यसपटकको निर्वाचनमा नेमकिपाको किल्ला तोड्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार भक्तपुरमा घरदैलोका क्रममा रञ्जितले लामो समयदेखि एउटै दलले विजयी हासिल गर्दा सोचेजस्तो विकास हुन नसकेको भन्दै केन्द्रले देख्ने गरी क्षेत्रलाई अघि बढाउन यसपटक रास्पवाले जित हासिल गर्ने समेत बताए । एक्लो सिटले मात्रै सवै विकास सम्भव नदेखिएकाले जनताले पनि आफुहरुलाई विजयी गराउने उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


उनले अघिल्लो निर्वाचनमा भन्दा यसपटक जनताको उत्साह बढेको बताए । भक्तपुर क्षेत्र नं १ मा २०४८ सालदेखि लगातार नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी हुदै आएका छन् ।