काठमाडौं–चेन्नाई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै चेन्नाई फाइनलमा पुगेको हो । चेन्नाई आईपीएलको फाइनलमा पुगेको यो सातौं पटक हो । हैदरावादको भने जारी सिजनमा लगातार चौथो हार हो ।


ADVERTISEMENT


वानखेडे मैदानमा १४० रनको विजय लक्ष्य चेन्नाईले १० ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो । चेन्नाईको जितमा फाफ डु प्लेसीले सबैभन्दा धेरै ६७ रन बनाए । उनले यस सिजनमा आफ्नो पहिलो अर्धशतक बनाए । ओपनर डुप्लेसीले ९ ब्याट्समानसँग साझेदारी गरे । उनी प्लेयर अफ दि म्याच भए ।


ADVERTISEMENT

# # #


यसअघि टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । कार्लोस ब्रेथवेटले ४३ रन बनाए । बलिङतर्फ ड्वेन ब्राभोले दुई विकेट लिए ।

शून्य रनमै गुम्यो चेन्नाइको पहिलो विकेट
चेन्नाईको पहिलो विकेट शून्य रनमै झरेको थियो । भुवनेश्वर कुमारले शेन वाटसनलाई शून्य रनमा आउट गरिदिए । यसैगरी सिद्धार्थ कौलले लगातार दुई बलमा सुरेश रैना र अम्बाती रायडुलाई बोल्ड गरे ।

चेन्नाईको तीन विकेट ३.४ ओभरमा २४ रन बनाउँदा नै गुम्यो । त्यसपछि राशिद खानले महेन्द्रसिंह धोनी र ड्वेन ब्राभोलाई पनि आउट गरे । सन्दिप शर्माले रविन्द्र जडेजालाई ३ रनमा र दीपक चाहरलाई १० रनमा पेभेलियनको बाटो देखाइदिए ।

खाता खोल्न नपाइ धवन बोल्ड
पहिले व्याटिङ गरेको हैदरावादको शुरुआत खराब थियो । दीपक चाहरले म्याचको पहिलो बलमै शिखर धवनलाई शून्य रनमा बोल्ड गरे । विलियम्सनले पहिलो ओभरमा चाहरकै बलमा तीन चौका प्रहार गरेका थिए । त्यसपछि ४.२ ओभरसम्म ३६ रनमा हैदरावादले तीन विकेट गुमायो ।

चाहरपछि लुंगी एंगिडीले श्रीवत्स गोस्वामीलाई १२ रनमा आउट गरे । शार्दुल ठाकुरले केन विलियम्सन २४ रनमा आउट भए । मनिष पाण्डेय ८ रनमा रविन्द्र जडेजाको शिकार बने । ड्वेन ब्राभोले आफ्नो पहिलो ओभरमै शाकिब अल हसनलाई १२ रनमा आउट गरे ।

चेन्नाईले टिममा विलिंग्सको ठाउँमा शेन वाटसनलाई खेलाएको थियो । हैदरावादले भने टिममा कुनै परिवर्तन गरेको थिएन । चेन्नाई नवौं पटकसम्म प्लेअफमा पुगेको छ । महेन्द्र सिंह धोनी ९ प्लेअफसम्म टिमको नेतृत्व गर्ने एकमात्र कप्तानसमेत हुन् ।