काठमाडौं – बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका मतदान केन्द्रमा आवश्यक तयारी गरिएको छ ।


ADVERTISEMENT


निर्वाचनका लाथि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाङ्ने लगाएतका कामहरु भएका छन् । बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने भएपछि बुधबार नै आवश्यक सवै पूर्वाधारका काम सम्पन्न गरिएका हुन् ।


ADVERTISEMENT

# # #


मतदानका लागि महिला र पुरुषको छुट्टाछुटै लाइनको व्यवस्था गरिएको छ भने असक्त, अपागंता, ज्येष्ठ नागरिक लगाएतका मतदातालाई सिधै मतदान गर्न पाउने व्यवस्था गरिएको छ । कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।

यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्र कायम गरेको छ ।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि हुन लागेको निर्वाचनमा प्रत्यक्षतर्फ ३४०५ र समानुपातिक तर्फ ३१३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।