काठमाडौँ – ओडीआई क्रिकेट लिग–२ अन्तर्गत आगामी मार्च १० देखि काठमाडौँमा हुने त्रिकोणात्मक सिरिज स्थगित भएको छ । पछिल्लो समय मध्यपूर्वका देशहरुमा तनाव चर्किंदै गएपछि युएई र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।


ADVERTISEMENT


युएईका खेलाडीहरु नेपाल आउन नसक्ने भएपछि सिरज अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । स्थगित सिरिज परामर्श पछि पुनः तालिका सार्वजनिक गरिने जनाइएको छ ।


ADVERTISEMENT

# # #


क्यानले जारी गरेको सूचनामा भनिएको छ, ‘लिग २ का खेलहरू स्थगित । मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै, मार्च १० मा काठमाडौंमा सुरु हुने सीडब्ल्यूसी लिग २ का खेलहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। प्रभावित खेलहरूमा ओमान, युएई र नेपाल समावेश छन्। पुनः निर्धारित मितिहरू थप परामर्श पछि आगामी दिनहरूमा घोषणा गरिनेछ।’

यसअघि क्यानले ओमान र युएईविरुद्धको सिरिजका लागि गत शुक्रबार रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टोली क्याम्पमा बोलाएको थियो ।