काठमाडौं – भोलि हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र निष्पक्ष बनाउन सरकारले देशैभर हेलिकप्टरमार्फत हवाई गस्ती गर्ने भएको छ ।
आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले संवेदनशील तथा दुर्गम निर्वाचन क्षेत्रलाई लक्षित गर्दै हवाई गस्ती सञ्चालन गर्ने निर्णय गरेको हो ।
निर्वाचन सुरक्षित र मर्यादित बनाउन नेपाल सेनाका साथै निजी कम्पनीका हेलिकप्टर समेत परिचालन गरिने भएको हो । सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ अवस्थामा राखिने भएको हो ।


























































