काठमाडौँ – सामाजिक सञ्जाल इन्फ्लुएन्सर रतन कार्कीलाई प्रहरीले बोलाएर बयान लिएको छ । निर्वाचनको मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने भिडियोहरु पोष्ट गरेपछि चितवन प्रहरीले कार्कीलाई बुधबार बोलाएर बयान सोधपुछ गरेको हो ।


ADVERTISEMENT


कार्कीले मंगलबार नेपाली काँग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ का काँग्रेसका उम्मेदवार गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चितवन क्षेत्र नं.३ की उम्मेदवार सोबिता गौतम लगायतसँगको कुराकानी सामाजिक सञ्जालमा राखेका थिए ।


ADVERTISEMENT

# # #


कार्कीले निर्वाचन आचारसंहित उल्लंघन गरेको भन्दै कारवाहीको माग गरिएको थियो । प्रहरीको सोधपुछपछि उनले आफूले पोष्ट गरेका भिडियो हडाएका छन् ।

भिडियो हटाएसँगै प्रहरीले उनलाई छाडेको छ ।