काठमाडौँ – बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरको क्षेत्र नंवर ३ स्थीत जावलाखेलको मतदान केन्द्रलाई महिलामैत्री बनाइएको छ ।


ADVERTISEMENT


ललितपुर महानगर वडा नंवर ४ को जावलाखेलस्थीत मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिला रहेका छन् । त्यस्तै सुरक्षाकर्मी समेत महिलाहरु नै रहेको निर्वाचन अधिकारी उपसचिव नमुना कार्की दाहालले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


जावलाखेलस्थित मतदान स्थलमा रहेको ६ वटै मतदान केन्द्रमा सबै महिला कर्मचारीहरुले नै व्यवस्थापन गरिरहेको उनले बताइन् । उनले बिहीबार हुने निर्वाचनका लागि सबै तयारी पूरा भएको र अन्य आवश्यक समन्वय समेत भइरहेको उल्लेख गरिन् ।

बिहीबार पाँच बजेसम्म शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्ने उदेश्यका साथ आफूहरुलाई लागिपरेको उनको भनाई छ । उनले महिलामैत्री मतदानस्थलमा कुनै चुनौती नदेखिएको र अनुकूल रुपमा नै तयारी भइरहेको बताइन् ।