पाल्पा- पाल्पा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका युवा नेता सन्दीप रानाले आफ्नो मतदान अधिकार प्रयोग गरेका छन्।


ADVERTISEMENT


निर्धारित मतदान केन्द्रमा पुगेर रानाले शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकको सहभागिता अत्यन्त महत्वपूर्ण हुने बताए।


ADVERTISEMENT

# # #


उनले भने, “मतदान लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो। सबै मतदातालाई निर्भय र स्वतन्त्र रूपमा मतदान गर्न म आग्रह गर्दछु।”

पाल्पा–१ मा आज बिहानदेखि नै मतदाताको उल्लेखनीय उपस्थिति देखिएको छ। सुरक्षा व्यवस्था कडा बनाइएको छ भने मतदान कार्य शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।