काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता हासिल गरेका छन् ।


ADVERTISEMENT


सिरहा क्षेत्र नं. १ मा रास्वपाका बब्लु गुप्ता अग्रस्थानमा रहेका छन् । वर्तमान सरकारका पूर्वमन्त्री समेत रहेका बब्लुले ८५० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामसुन्दर चौधरीले १९६ मत ल्याएका छन् भने एमालेका रामशंकर यादव १२७ मतसहित तेस्रो स्थानमा रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै क्षेत्र नं. २ मा रास्वपाका शिवशंकर यादव पहिलो स्थानमा छन् । उनले १ हजार ४७१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामचन्द्र यादवले ३०७ मत प्राप्त गरेका छन् । तेस्रोमा जनता समाजवादी पार्टी (जसपा)का संजीव कुमार यादव ११८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

यस्तै क्षेत्र नं. ३ मा रास्वपाका सम्भुकुमार यादव १ हजार १७७ मतसहित अगाडि रहेका छन् । उनलाई निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साहले ८३३ मतसहित पच्छ्याइरहेका छन् । एमालेका लिलानाथ श्रेष्ठ ७७८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

यस्तै क्षेत्र नं. ४ मा रास्वपाका तपेश्वर यादव पहिलो स्थानमा रहेका छन् । फराकिलो मतान्तर बनाएका उनले ४ हजार ३५५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका अजयशंकर नायकले १ हजार १४० मत पाएका छन् । जनमत पार्टीका विरेन्द्र प्रसाद महतो ८८९ मतसहित तेस्रो स्थानमा रहेका छन् ।