कर्णाली – सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी भएका छन् ।


ADVERTISEMENT


निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उनी निर्वाचित भएका हुन् । यहाँ शाहीले १८ हजार ८९०, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले १४ हजार ७२९ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले दुई हजार ८२८ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यस निर्वाचन क्षेत्रमा १३ दलका उम्मेदवार प्रतिस्पर्धामा थिए । एक लाख २२ हजार ९०२ मतदाता रहेको यस क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो । यहाँ दुई हजार ३९३ मत बदर भएका छन् ।